chicken-meat

कुखुराको मासु

काले र मोटे सधै संगै फोहरको थुप्रोमा प्लास्टिक खोज्ने काम गर्छन्। पहिले दुबैलाई एउटी माग्ने बुढीले ल्याएर मन्दिर बाहिर भिख माग्थी। पछि ठूलो भएसि सडक मै छाडेर भागिन। भोको पेट पाल्न एउटा साहुजीको लागि प्लास्टिक खोज्ने काम गर्छन। साहुजीले दिएको पैसाले कहिल्य पेट भर खान पाउदैन थियो।उनीहरुको सपना भनेकै एकपटक मिठो र पटभरि खाने हो।

यसरी नै दिनहरु बित्दै थिए। एकदिन प्लास्टिक टिप्दै गर्दा, कालेले केहि देखेर मोटेलाई बोलाउॅछ, “ओई मोटे, यहॅा हेर, मैले के भेटाए”।हतार गरेर मोटे आउछ र देखेर खुशी हुदै, कराउॅछ, “ओहो! यो त मरेको कुखुरा रैछ त!” फोहरको दुग्गुरमा उनीहरुले मरेको कुखुरा भेटाएको थियो। दुबै खुशी हुन्छ र उनीहरुको झुपडीमा लगेर सफा गरेर पकाएर, कुखुराको मासु बनाएर खान्छ। 

बर्षौदेखि मिठो र पेट भरि खाने सपना पुरा भएको देखेर दुवै ढंग पर्छन। तर खाएको एकैछिन पछि दुवैलाई असाध्धै पेट दुख्छ, रिडंगटा लाग्छ र दुबै भुईमा पछारिन्छन। अनि दुबैको नाकबाट रगट आउन थाल्छ। मोटे रुदै कराउन थाल्छ अनि बल्ल कालेले थाहा पाउॅछ, त्यो कुखुरालाई बिष राखेर माराको रैछ। कालेले बिस्तारै पेट समाउदै बोल्छ, “ मोटे, त्यो कुखुरालाई बिष खुवाएर मारेको रैछ र अब हाम्रो शरिरमा पनि बिष फैलिसक्यो।हामी चादै मर्छौ।”। छटपटि रहेको मोटेले यो कुरा सुनेर खुशी हुदै बोल्छ, “बल्ल सब दुखबाट छुटकारा पाउने भो र हाम्रो इक्ष्या पनि पुरा भो तर तलाई अर्को जुनीमा नि भेट्न मन छ”।काले ॲाखा भरि ॲाशु चुहाएर, घिसरदै मोटेलाई अंगालो हाल्छ र बिस्तारै दुबैको मुखबाट पनि रगत निस्किन्छ र दुबै मुर्छा परेर देह त्याग गर्छ, सदाको लागि संसार छोडेर जान्छ।

Leave a Comment